रैनादेवी छहरा बाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका बाट पुन : दुई जना अवैध भरुवा बन्दुक सहित पक्राउ परेका छन् । वडा नं. ३ बाट बन्दुक सहित पक्राउ परेका हप्ता दिन वित्न नपाउँदै वडा नं. ३ भुवनपोखरीको बेल्गा बाट अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका हुन् ।

भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा खान तलासी गर्ने क्रममा अवैध भरुवा बन्दुक फेला पारेको हो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो ।

केही दिन अघि पनि प्रहरीले रैनादेवी छहरा गाउँपालिका ३ छचुवा बाट भरुवा बन्दुक सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले गत बुधबार निजको घरमा खान तलासी गर्ने क्रममा १ नाले भरुवा बन्दुक, वारुद गन्दक र छर्रा फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?