तिलीसराको परिवारलाई भम्बक युनाईटेड युथ क्लवको आर्थिक सहयोग

रकम हस्तान्तरण गर्दै भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष, उपाध्यक्ष सहित पदाधिकारीहरुको टोली

पाल्पा, घर भत्किए पछि छिमेकीको घरमा डेरा बस्दै आएका रामपुर ६ तिलकपुरका तिलीसरा सुर्यवंशीको परिवारलाई भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले सहयोग गरेको छ । निरन्तरको वर्षादका कारण सुर्यवंशीको ३ तले कच्ची घर गत साउन ९ गते भत्कीएको थियो ।

घर भत्किए पछि केही समय छिमेकीकोमा आश्रय लिर्दै आएका सुर्यवंशीको परिवार अहिले भाडामा बस्दै आएका छन् । घर निर्माणमा केही राहत होस् भन्ने उद्देश्यले क्लवले १३ हजार ३ सय रुपैयाँ बराबरको सहयोग गरेको हो । भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष लक्ष्मण मल्ल र उपाध्यक्ष गोविन्द राना सहितको टोलीले पिडित महिला तिलीसरा सुर्यवंशीलाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो । रकम प्रदान गर्दै क्लवका अध्यक्ष मल्लले छिमेक मै घर छति भएपनि जानकारी नभएकाले समयमा सहयोग गर्न नसकिएको बताउँदै खबर थाहा पाउने वित्तिकै क्लवको कोष मार्फत रकम सहयोग गरिएको बताउनुभयो । उहाँले अन्य संघ संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

क्लवका उपाध्यक्ष रानाले घर निर्माणमा क्लवले आवश्यक खर्च जुटाउन सहयोग गर्ने बताउनुभयो । रकम ग्रहण गर्दै पिडित महिला सुर्यवंशीले घर भत्किए पछि राजनैतिक दल, जनप्रतिनिधीहरु तथा विभिन्न संघ संस्था बाट निरिक्षणको लागि आए पनि आश्वासन शिवाय अहिले सम्म कतै बाट सहयोग नपाएको बताउनुभयो । उहाँले क्वलका पदाधिकारीहरुलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रमको अवसरमा क्वलको समन्वयमा देवकोटा इट्टा उद्योगका सञ्चालक सिताराम देवकोटा घर निर्माण सुरु भए पश्चात १ ट्याक्टर ईट्टा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सुर्यवंशी परिवारमा अहिले आमा र छोरी रहनु भएको छ । काँचो ईट्टाले बनेको घर वर्षाद संगै माटो गलेर भत्किएको थियो । दिउँसोमा भत्किएकाले संयोगले कुनै मानविय क्षति हुन भने पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?