पाल्पामा भोली भाद्र ५ गते देखि १२ गते सम्म निषेधाज्ञा जारी

पाल्पा    पाल्पामा भाद्र ५ गते शुक्रबार देखि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यलय पाल्पाले भाद्र ५ गते राति १२ बजे देखि भाद्र १२ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।
सरकारले कोरोना संक्रमणको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । यही अधिकार प्रयोग गदैै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले निषेधाज्ञा जारी गर्नु भएको हो
। जिल्ला स्तरीय सर्व पक्षिय निर्णय र बैठकबाट पाल्पामा कोभिड संक्रमण रोक्न पाल्पामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?