पाल्पामा करेन्ट लागेर महिलाको ज्यान गयो

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रैनादेवी छहरा ६ खुनधाराका २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।

विहान साढे १ बजे अचानक विद्युत् सर्ट हुँदा दिल कुमारी संगै ५२ वर्षिय झमान सिंह पुन घाईते भएको थियो । करेन्ट लागेर घाइते पुनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएकोमा आज विहान ३ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झमान सिंह पुनको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । विहिबार रातीआएको हावाहुरीका कारण विद्युत् सर्ट भई पुनलाई करेन्ट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?