रामपुर नगरपालिकामा १ सय ३९ को स्वाव संकलन

पाल्पा, रामपुर नगरपालिकाले कन्ट्रयाक ट्रेसिङ्गमा परेका व्यक्ति, स्वास्थ्य कर्मी तथा फ्रन्टलाईनमा खटिएका १ सय ३९ जनाको स्वाव संकलन गरेको छ । रामपुर अस्पताल बाट ५९ जना र नवदुर्गा माध्यमिक विद्यालय तिलकपुर बाट ८० जनाको स्वाव नमुना संकलन गरेको हो ।

रामपुर अस्पतालमा कार्यरत ५९ जना स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुको अस्पताल बाटै पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । त्यस्तै नवदुर्गा माध्यमिक विद्यालय बाट ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी, नगरपालिकाका वडा अध्यक्ष तथा वडा सचिव, नगरपालिकाका स्वास्थ्यकर्मी, रामपुर क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी, भारत तथा तेस्रो मुलुक बाट आएर होम क्वारेन्टाईनमा बसेका युवा, कन्ट्रयाक ट्रेसिङ्गमा परेका ८० जनाको स्वाव संकलन गरिएको रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले केही दिन अघि रिपोर्टमा पोजेटिभ देखिएका वडा नं. ६ का युवाको परिवारका सदस्य सहित नजिक रहेकाहरुको पनि स्वाव संकलन गरिएको बताउनुभयो । दुवै बाट फर्किएका युवकमा संक्रमण पुष्टि भए पछि वडा नं. ६ तिलकपुरको ढकाल थर शिल गरिएको छ । परिवारका सदस्यहरुलाई पिसिआर रिपोर्ट नआए सम्मका लागि अन्यत्र नजान आग्रह गरेको छ । रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजाली र ल्याव असिस्टेन मनोज सुवेदीले स्वाव संकलन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?