पाल्पा, दरैंठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर पाल्पामा कृष्ण कुमार अर्यालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । केही समय देखि समिति विहिन बनेको विद्यालयमा अर्यालको अध्यक्षतामा सर्वसहमतिमा व्यवस्थापन समिति गठन भएको हो ।
यस अघि पनि एक कार्यकाल व्यवस्थापन समिति अध्यक्षको कार्यभार सम्हालेका अर्याललाई पुन : नेतृत्वको जिम्मेवारी दिईएको हो । अर्यालले व्यवसायिक पशुपालन संगै रामपुर क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गर्दै आउनु भएको छ । नव गठित समितिको सदस्यहरुमा लेखनाथ रेग्मी, एकराज ढकाल, मित्रा ढकाल, तारा कंडेल, सिता मल्ल, शिक्षक प्रतिनिधिमा मानबहादुर कुँवर र सदस्य सचिवमा प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा रहनु भएको छ । समितिमा वडाका जनप्रतिनिधी मध्ये बाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षतामा रेशमराज भट्टराई छनौट गरेको छ । समितिले पूर्णता पाउन बाँकी रहेको छ ।
नवगठित कार्यसमितिलाई शनिबार विद्यालयमा सामाजिक दुरी कायम गरी सिमित व्यक्तिहरुको उपस्थितिमा एक कार्यक्रम गरी बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति कृष्णप्रसाद अर्याल, नेकपा वडा कमिटि अध्यक्ष सागर प्रसाद देवकोटा, निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष सुदनप्रकाश रेग्मीले बोल्दै नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै विद्यालयलाई थप उचाईमा पु¥याउने जिम्मेवारी काँधमा आएको उल्लेख गर्नु भएको थियो । त्यस्तै निवर्तमान अध्यक्ष रेग्मीले गठन प्रक्रियामा सहजिकरण गर्ने राजनैतिक दल, जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी सबैलाई दिनु भएको थियो ।
कार्यक्रममा नवगठित समितिका अध्यक्ष कृष्णकुमार अर्यालले विद्यालयको हितको लागि सबै संग सहकार्य गरेर सुझावहरुलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो । साथै अर्यालले विद्यालयको शैक्षिक, भौतिक लगायतका क्षेत्रमा खटेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै नवगठित समितिका सदस्यहरु लेखनाथ रेग्मी, एकराज ढकाल, मित्रा ढकाल, तारा कंडेल र शिक्षक अभिभावक संघका अध्यक्ष रेशमराज भट्टराई लगायतले बोल्दै समिति गठन गर्न सघाउने सबैलाई धन्यवाद दिदै विद्यालयको हितको लागि खटेर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकाटाले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा नवगठित समितिलाई जानकारी गराउनु भएको थियो ।