राजनैतिक भागबन्दामा विव्यस गठन गरेको भन्दै जनमोर्चा रामपुरको आपत्ति

विज्ञप्ती

पाल्पा, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटिले राजनैतिक भागबन्दाको आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै आपत्ति जनाएको छ ।

रामपुर नगरपालिका ६ को दरैठाँटी माध्यमिक विद्यालय र नवदुर्गा माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन भए संगै जनमोर्चाले गठन प्रक्रिया प्रति प्रश्न उठाएको हो । राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटिका अध्यक्ष पदम बहादुर पौडेल द्वारा हस्ताक्षरित शनिबार जारि गरेको विज्ञप्तिमा रामपुर नगर भित्रका विद्यालयहरुमा व्यवस्थापन समिति गठन प्रक्रियामा अनावश्यक राजनैतिक चलखेल भैरहेको भन्दै घोर भ्रत्र्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको, ‘विद्यालय भित्र आनावश्यक राजनैतिक चलखेल भैरहेको सर्व विधितै छ । यसै सन्दर्भमा हालै दरैठाँटी मा.वि. र नव दुर्गा मा.वि.को विद्यालय व्यवस्थापन समितिको चयनको सदन्र्भमा पनि राजनैतिक भागबन्दा गरियो । उक्त कार्यको हाम्रो पार्टी घोर भ्रत्र्सना गर्दछ ।’ विद्यालय व्यवस्थापन समिति कस्तो बनाउने भन्ने विषयमा आम नागरिक, बुद्धिजीवि, शिक्षा प्रेमी, चन्दादाता आदीको चासो, अधिकार र सरोकारको विषय भएपनि यी सबै मुल्य मान्यतालाई लत्याएर राजनैतिक भागबन्दा गर्नु अत्यन्तै गलत कार्य भएको जनमोर्चाले जनाएको छ । साथै राजनैतिक भागबन्दाको आधारमा बनाएको समितिलाई बदर गरी सक्षम र सशक्त समितिको चयन गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?