तिनाउँमा ढुङ्गा खसेर लाग्दा १ महिलाको मृत्यु

पाल्पा, पाल्पाको तिनाउँमा ढुङ्गा खसेर लाग्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ७ बजे तिनाउँ ३ श्रीडाडाका गोबिन्द सोमैको घरमा ढुङ्गा खस्दा माईत गएकी माथागढी ७ रहवास बस्ने २९ वर्षकी समिक्षा चौहान र उनकी ३ वर्षकी छोरी करिस्मा चौहान घाईते भएकी थिईन् ।

उनीहरुलाई उपचारका लागि सिटी अस्पताल बुटवल पठाईएकोमा समिक्षा चौहानको मंगलबार रातीी मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनकी छोरीको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अविरल बर्षाको कारणले घर देखी माथीको पहाडबाट साँझ ७ बजे ढुङ्गा खसेर लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?