ट्रक दुर्घटना पछि फरार चालक घाईते अवस्थामा भेटिए

पाल्पा, रामपुर नगरपालिका ४ टुनीभञ्ज्याङ्गमा विहान भएको मिनी ट्रक दुर्घटना पछि फरार रहेका चालक घाईते अवस्थामा भेटिएका छन् । कालीगण्डकी करिडोरका लागि जाली लिएर आएकोे प्रदेश ३–०३–००१ अ.यो ००७१ नम्बरको ट्रक विहान करिब साढे १० बजे दुर्घटना भएको थियो ।

दुर्घटना भए संगै बाँकेको राप्ती सोनारी गाउँपालिका १ का ३१ वर्षिय चालक कालुराम परियार दुर्घटना पछि फरार भएका थिए । रक्ताम्य अवस्थामा केही समय अघि स्थानीयले घटनास्थल नजिकै देख पछि प्रहरीलाई खबर गरेका थिए । स्थानियको सुचना प्रश्चात प्रहरीले उनलाई रामपुर अस्पताल लगेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो । उहाँले घाईते चालकलाई थप उपचारको लागि रामपुर अस्पताल बाट तानसेन रेफर गरेको जानकारी दिनुभयो ।

दुर्घटनामा परि कालीगण्डकी करिडोरमा कार्यरत डोजर अपरेटर वाग्मती नगरपालिका ७ सर्लाहीका अन्दाजी ३० वर्षियका सन्तोष गहतराजको घटना स्थल मै निधन भएको थियो । सहचालक सर्लाहीको वाग्मती नगरपालिका ७ कै १६ वर्षिय राहुल गहतराज घाईते भएका थिए । घाईते सहचालकको रामपुर अस्पतालमा उपचार भैरहेको छ । ट्रक सडक भन्दा १ सय ५० मिटर तल खसेको छ । दुर्घटना तीव्रगतिका कारण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटना विहान साढे १० बजेको समयमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?