जिपको ठक्कर बाट पाल्पामा एक पैदल यात्रीको ज्यान गयो

अनियन्त्रित भै सडकमा पल्टीएकाे जिप ,   तस्वीर : प्रकाश ज्ञावली

पाल्पा, रम्भा गाउँपालिका ५ ताहुँमा जिपले ठक्कर दिँदा शनिबार एक पैदल यात्रीको ज्यान गएको छ । रामपुर आर्य भञ्ज्याङ सडक खण्ड अन्तर्गत रम्भा ५ ताहुँको को मुडुलिचौपारीमा ना ३ च ८८०८ नम्बरको बलेरो जिपले रम्भा ५ कै ६० वर्षिय भुपाल सिंह रानालाई ठक्कर दिएको थियो ।

आर्यभञ्ज्याङ बाट खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको जिपले दिउँसो करिब साढे ३ बजे अनियन्त्रीत भई पैदलयात्री रानालाई ठक्कर दिएको थियो । जिपको ठक्कर बाट गम्भिर घाईते रानालाई उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र ताहुँमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक( डिएसपि) मदन गिरीले जानकारी दिनुभयो । जिप चालक प्रहरीको नियन्त्रण रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?