पाल्पामा आईतबार एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा , पाल्पामा आईतबार १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षण गर्दा जिल्लामा १६जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आईतबार थपिएका १६ जना सहित जिल्लामा संक्रमितको संख्या ६ सय ६ जना पुगेको छ ।

संक्रमण पुष्टि भएकाहरु मध्ये माथागढी गाउँपालिकाका ५ पुरुष, रैनादेवी छहरा गाउँपालिकाका १ महिला १ पुरुष, बगनासकाली गाउँपालिकाका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

आईतबार संक्रमण पुष्टि भएका सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरु रहेको पन्थीले बताउनुभयो । पाल्पामा ५ सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ यस सँगै जिल्लामा कुल संक्रमण ६ सय ६ जना पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?