क्रियाशील मगर उत्थान समुह द्वारा बिद्यार्थीहरुलाई सम्मान

पाल्पा, क्रियाशील मगर उत्थान समुह रामपुर ७ किसानबारी पाल्पाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईई परिक्षामा उत्तिर्ण समुहमा आवद्ध सदस्यका बालबालिकालाई समुहले सम्मान गरेको हो । समुहले बिहिबार एक कार्यक्रमका विच ७ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

समुहका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा भएको सम्मान कार्यक्रम समुहका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार तारा बहादुर बिरकट्टाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुहको सभाहल किसानबारीमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विरकट्टाले उत्तिर्ण विद्यार्थीहरुलाई बधाई दिदै मगर समुदायको शैक्षिक स्तरलाई पनि अन्य समुदाय सरह पु¥याउने गरी अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ प्रदेश ५ का सदस्य क्याप्टेन धन बहादुर राना, रेडियो पाल्पाका समाचार प्रमुख दानु हिस्की मगर, समितिका सदस्य प्रेम कुमारी पाटा, दुर्गादेवी राना, जमुना देबि राना, सल्लाहकार सदस्य अन्जु राना, अनुगमन समिति सदस्य मुना सिंजाली , ट्याङ्गा लाफाकुङ्ग रेन्जा क्लबका संयोजक रेम बहादुर राना, सचिव सुस्मिता बिरकट्टा , समुहका सदस्य सारदा सिंजाली , देउ मायाँ रानाले बोल्दै विद्यार्थीहरुलाई बधाई सहित आगामी दिनमा उच्च शिक्षाको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा सम्मानित विद्यार्थीहरु अर्चना राना , आसुम विरकट्टा , राहुल सुनारी , सुनिल गेलाङ , रेशम रानाले कोरोना महामारीका कारण आफुहरु परिक्षामा सहभागि हुन नपाएकोमा दुख लागेको बताउदै आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा अभिभावकको चाहाना अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समुहका सहअध्यक्ष मन्जु देवि रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव केश बहादुर थापा सारुले गर्नु भएको थियो । विद्यार्थीहरुलाई सम्मान पत्र, खादा, स्टेशनरी र करुवा सहित सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?