युवा स्वरोजगार कार्यक्रममा सहभागी २१ कृषकहरुको फर्म अनुगमन

पाल्पा, रामपुुर नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहभागी व्यवसायिक कृषकहरुको शनिबार अनुगमन गरिएको छ । नगरपालिकाको टोलीले वडा नं ५, ६ र ७ मा युवा स्वरोजगार कार्यक्रम बाट व्याज अनुदान लिएका तरकारी खेती, कुखुरापालन, गाई तथा भैंसीपालन, बंगुरपालन व्यवसायको अनुगमन गरेको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत रामहरि पाण्डेयको संयोजकत्वमा अनुगमन भएको हो । अनुगमनमा आर्थिक विकास समिति संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, वडा नं ५ का अध्यक्ष हिमाल मल्ल, वडा नं. ७ का अध्यक्ष तिर्थप्रसाद पंगेनी, रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञवाली, पशु सेवा शाखा प्रमुख तुल्सीराम काफ्ले, रामपुर नगरपालिका वडा नं ५ का वडा सचिव महेश भट्टराई, वडा नं. ६ का सचिव बासुदेव ढकाल, ७ का सचिव धनेन्द्र खनाल सहित पत्रकारहरुको टोलीले अनुगमन गरेको हो ।
नगरपालिकाले व्यवसाय गर्ने कृषकहरुलाई दुई वर्षसम्म व्याज अनुदान दिएको छ ।

व्याज अनुदान लिएका र आगामी अनुदान कार्यक्रममा छनौटमा परेका व्यवसायीहरुको फर्मको अनुगमन भएको हो । निमित्त प्रमुख प्रसाशाकीय अधिकृत रामहरि पाण्डेयले अनुगमन पश्चात उचित व्यवस्थापन र मापडण्द अनुसार व्यवसाय सञ्चालन गर्न कृषकहरुलाई सुझाव दिएको बताउनुभयो । आज २१ वटा व्यवसायिक फर्महरुको अनुगमन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?