भीरकोटका युबाहरु द्वारा स्वरेक मैदानको सरसफाई

स्याङ्जा, सामाजिक कार्यमा क्रियाशिल भिरकोट युवा आवाज नामक युवाहरु समुहले पर्यटकिय स्थल स्वरेक मैदानको सरसफाई गरेको छ । “युवा एकता–भविष्यको प्रतिरक्षा” भन्ने मुल नारा सहित अघि बढेको युवाहरुको समुहले भिरकोट नगरपालिका–५ स्याङ्जा अवस्थित स्वरेक मैदानको सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रम भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी स्थानिय महिला, वृद्धवृद्धा, शिक्षक, समाजसेवी, विद्यार्थी, स्वरेक मैदान विकास समितिका प्रतिनिधि साथ साथै वडा प्रतिनिधि सहित ४० जना भन्दा बढीको उपस्थितीमा भएको हो । भिरकोट युवा आवाजका सचिब सरोज अधिकारीले सामाजिक कार्यमा क्लबले समय अनुसार आफ्ना गतिविधिलाई फैलाउदै लाने बताउनुभयो ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले स्थानियले पनि कार्यक्रमलाई उत्साहका साथ लिएको बताउँदै आगामी दिनमा दिनमा आफ्नो ठाउँ आफै बनाउन तर्फ लाग्न प्रेरित गरेको बताउनुभयो । उहाँले मैदानको एकिकृत विकासको लागि डिपिआर तयार गरेर कार्यान्यवन चरणमा गैसकेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै भिरकोट युवा आवाजका संस्थापक अध्यक्ष कृष्ण अर्यालले यस्ता कार्यक्रममा स्थानियको सक्रियता अझ महत्वपूर्ण हुने बताउनुभयो ।

सरसफाई अभियानका संयोजक तथा भिरकोट यु्व आवाजका अध्यक्ष सुनिल अर्याल समुहको प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक डष्टिबिनको प्रवन्ध मिलाउनुका साथै नियम भङ्ग गरि फोहोर गर्ने, अन्यैतिक गतिबिधिमा संग्लग्न हुनेलाई दण्ड, जरिवानाको प्रबन्ध मिलाउन अनुरोध गर्नुभयो । कार्यक्रमको संचालन भिरकोट युवा आवाजका सचिव सरोज अधिकारीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?