आर्थिक अभाव हुँदा निस्दी २ का नैनासिंहको उपचारमा समस्या

नैनासि‌ह सुनार

दान बहादुर हिस्की

पाल्पा , निस्दी गाउँपालिका २ का सहलकोट पुरान्थरका ७३ वार्षिय नैनासिंह सुनार गत फागुन देखि विस्तरा मै हुनुहुन्छ । लामो समय देखि मुटुको औषधी सेवन गर्दै आउनु भएको उहाँ फागुन देखि व्याथा बढे पछि विस्तरामा पर्नु भएको हो ।

फागुनमा व्याथाले च्यापे पछि रामपुर ३ रजघरा बस्दै आउनु भएका उहाँका भाई गोम बहादुर सुनारले उपचारको लागि युनाईटेड मिसन अस्पताल पु¥याउनु भयो । भारतमा काम गर्दै आउनु भएको उहाँले आफ्नै खर्चमा उपचार गराउनुभयो । अस्पतालले चैतमा पुन परिक्षणका लागि बोलाए पनि लकडाउनका कारण उहाँलाई अस्पताल पु¥याउन सकिएन । घरमा बसिरहेका नैनासिंहको साउनमा एक्कासी व्याथा बढ्यो । तर भारतको कमाई बाटै जहान परिवार हेर्दै आउनु भएका गोम बहादुर लकडाउनका कारण कमाउन भारत जान नपाए पछि आफु संग भएका पैसाले मात्र उपचारका लागि लैजान सक्ने स्थिति रहनु भएन् । अन्तत निस्दी २ पुरान्थर बाट संकलन भएको ११ हजार ५ सय ४० रुपैयाँ र रामपुर नगरपालिका ३ रजघराका टोलबासी बाट संकलन गरिएको १५ हजार ७ सय ७० गरेर उपचारका लागि लिएर जानु भयो ।
भाई गोम बहादुरले श्रावण २३ गते उपचार गराउन युनाईटेड मिसन अस्पताल पुग्नु भएको थियो । एक हप्ता अस्पतालमा उपचार पछि गोम बहादुरले दाईलाई अहिले आफ्नै घर रजघरा ल्याएर राख्नु भएको छ । उहाँले दाईलाई भदौ २१ गते पुन परिक्षण गराएर ल्याउनु भएको छ । नैनासिंहको अहिले फोक्सोमा पनि समस्या देखिएको गोम बहादुरले बताउनुभयो । नैना सिंहलाई अस्पतालले पुन : असोज २० गते बोलाएको छ ।

नैनासि‌हका श्रीमती कान्छी छाेरी र छाेरा

तर आगामी उपचार कसरी अघि बढाउने भन्ने पछिल्लो समय चिन्ताको विषय बनेको छ । यस अघि अस्पतालमा लगेको यातायात खर्च, होटेल खर्च तथा अस्पताल खर्च समेत तिर्न बाँकी रहेको सुनाउँदै गोम बहादुरले अबको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘दाईको श्रीमति, ५ बहिनी छोरी र १ भाई छोरा मध्ये ४ बहिनी छोरीको विहे भैसक्यो । छोरा भर्खर १० वर्षको भएको छ । कान्छी छोरी पनि बल्ल १५ वर्षको भएको छ । भाउनु राम्ररी बोल्न सक्नुहुन्न । घरमा भन्ने पनि कस्लाई ?’ उहाँले थप्नुभयो, ‘म इण्डिया हुँदा दाईलाई औषधी किन्न सहयोग गर्थे । आएर पनि पहिलो पटक त आफैले लिएर गएँ । इण्डियाको कमाईको भरमा खर्च चलाउँदै आएको थिएँ । अहिले फर्किएर काम गर्न जान सक्ने अवस्था पनि छैन । अब उपचार कसरी गराउने भन्ने पिरले सताएको छ ।’

उहाँले नियमित चेकजाँच, यातायात तथा औषधी उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगी मनहरु सङ्ग सहयोग अपिल गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो लकडाउन हुन भन्दा अगाडि मैले नै उपचार गराइ राखेको थिए । अब कमाउन जाने बाटो बन्द भए पछि उपचार गराउन जाउँ पनि कसरी ?’ सबैको साथ पाएमा दाईको उपचारमा थप सहज हुने उहाँले बताउनुभयो । उपचारमा सहयोग गर्न इच्छुक महानुभावहरुले गोम बहादुर सुनारका श्रीमति धन माया सुनारको नाममा लक्ष्मी बैंक पाल्पा रामपुरको खाता नम्बर ०६१२०००८३५७ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?