पहिरोले रामपुर ७ मल्याङ्गको ४ घरमा क्षति, ५ घर जोखिममा (तस्वीरहरु सहित)

 पाल्पा, अविरल वर्षाद संगै विहिबार खसेको पहिरोले पाल्पाको रामपुरमा ४ घरमा क्षति पु¥याएको छ । घरमाथि बाट खसेको पहिरोले रामपुर ७ मल्याङ्गटोलको बस्तीमा क्षति गरेको हो ।
विहान ३ बजे खसेको पहिरोले रेशमराज पंगेनी, ज्ञानराज भट्टराई, महेन्द्र भट्टराई र केशब भट्टराईको घरमा क्षति गरेको डिविडी टोलका संयोजक कर्ण बहादुर लुईटेलले जानकारी दिनुभयो । लुईटेलका अनुसार मल्याङ्ग टोलका ईश्वरी भट्टराई, सृजना भट्टराई, विशाल पंगेनी र चन्द्र प्रकाश पंगेनी र डिविडी टोलका तुल बहादुर विरकट्टाको घर पनि पहिरोको जोखिममा परेको छ ।
मल्याङ्ग टोल भन्दा माथिल्लो भाग बाट खसेको पहिरोले क्षति गरेको हो । पहिरो बाट प्रभावित बनेका स्थानिय रेशमराज पंगेनीले त्यस क्षेत्रमा अहिले सम्म पहिरो खसेको थाहा नभएको बताउँदै विहान ३ बजे एक्कासी ठूलो आवाजमा पहिरो आएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘ठूलो आवाजमा सहित पहिरो खस्न थाले पछि उठेर परिवारका सबै भाग्यौ । केही समय पछि घरमा आउँदा घरमा ढुङ्गा र माटो सहितको लेदो आएर बसेको थियो ।’ उहाँले पहिरोका त्रास कायमै रहेकाले अहिले परिवार घर नजिकै छिमेकीको बसिरहेको बताउनुभयो । पहिरोले विस्थापित बनेका मध्ये रेशमराज पंगेनी, ज्ञानराज भट्टराई, महेन्द्र भट्टराई छिमेकीकोमा बस्नु भएको छ ।
!स्थानिय समाजसेवी यदुनाथ भट्टराईले पहिरोले १३ घरपरिवारले उपभोग गर्दै आएको खानेपानीको टंकी र पाईपहरु बगाए पछि पिउने पानीको समेत अभाव देखिएको जानकारी दिनुभयो । त्याहाँका स्थानियहरुले लगाएको अन्नबाली सहितको २५ रोपनी भन्दा बढी जग्गामा क्षति गरेको छ । पहिरो प्रभावित क्षेत्रको स्थलगत अनगमन गर्दै रामपुर नगरपालिका ७ का वडा सदस्य मीन बहादुर सिंजालीले तत्काललाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र वडा कार्यालयले पनि नगरपालिकामा पहल थालेको बताउनुभयो । वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने बताउनुभयो । उहाँले वर्षाद संगै पहिरो खसेको थाहा पाउने वित्तिकै क्षतिको विवरण संकलन कार्य गर्न लगाएको र विविरण नगरपालिकामा पेश गरेको बताउनुभयो । निरन्तर वर्षाद भैरहेकाले सो क्षेत्रमा जोखिम भने कायम नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?