पहिरोमा पुरिएको अवस्थामा रम्भा ३ का एक पुरुष मृत फेला

पाल्पा, पाल्पाको रम्भा गाउँपालिका ३ मा आईतबार पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । गत भदौ १५ गते दिउँसो साढे १२ बजे घर नजिकै जंगलमा दाउरा लिन भनि गएका रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि १ किलोमिटर पश्चिम तर्फ रहेको जंगलमा दाउरा लिन भनि गएकोमा सोही स्थानमा अचानक पहिरो आए पछि उनी पहिरोमा परेको आशंकमा यस अघि पनि स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजतलास गरेको थियो । तर आईतबार साँझको समयमा सोहि पहिरोमा उनी मृत अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मदन गिरीले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?