रामपुर बाट ४ वटा मोटरसाईकल सहित २ जना प्रहरीकाे नियन्त्रणमा

पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुरले ४ वटा चोरीको मोटर साईकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ । रामपुर नगरपालिका ६ तिलकपुरको चारपाटे क्षेत्र बाट ३ वटा कालो र १ वटा रातो रङको २२० सि.सि.को मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

गत माघ १६ गते काठमाडौं महानगरपालिका वडा नं. २७ ट्रमा सेन्टरको पार्किङमा राखिएको इन्जिन नं. DKYCKE73633, चेसिस नं.MD2A13EY5KCE86918 प्रदेश ३–०२–०११ प ८३३५ नं. को कालो रंगको २२० सि.सि.को मोटरसाईकल चोरी भएको थियो । अनुसन्धानको शिलशिलामा आईतबार विहान रामपुर ६ तिलकपुरका कोष बहादुर थापालाई तिलकपुर बाट तालपोखरा तर्फ लिएर गैरहेको अवस्थामा किर्ते विल बुक सहित हराएको मोटरसाईकल संग मिल्ने एउटै इन्जिन र चेसिस नं. भएको परिवर्तित नम्बर सहितको प्रदेश ३–०२–०१५ प ८७८९ नं. भएको कालो रंग मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

त्यस लगतै चोरीको मोटरसाईकल घरमा ल्याई राखेको भन्ने सुचनाको आधारमा इन्जिन नं. DKYCKD68201, चेसिस नं.MD2A13EY1KCD85083 प्रदेश ३–०२–०१२ प ६१८७ नं. भएको कालो रङको मोटरसाईकल सहित रामपुर ६ तिलकपुर बस्ने ३६ वर्षिय नारद कुमाललाई पनि नियन्त्रणमा लिएको हो । त्यस्तै प्रहरीले तिलकपुर कै चारपाटे बाट इन्जिन नं. DKYCKF83177, चेसिस नं. MD2A13EY4KCF89358 प्रदेश ३–०२–०११ प ३५७५ नं. भएको कालो रातो रङ र इन्जिन नं. DKYCLL67432, चेसिस नं.MD2A13EY8LCL81207 प्रदेश ३–०२–०१४ प २२५३ नं. भएको कालो रङ भएको मोटरसाईकल नियन्त्रणमा लिएको थियो ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । कोष बहादुर र नारदलाई नियन्त्रणमा लिई बुझ्दा चारपाटे बाट नियन्त्रणमा लिएको मोटरसाईकल पनि चोरी गरी ल्याएको खुलेको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो ।

मोटरसाईकल नवलपरासीको अरुणखोला बाट मित्याल हुँदै रामपुर ल्याएको बुभिएको छ । नियन्त्रणमा लिएको मोटरसाईकल र व्यक्तिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?