बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर वालिङमा एक जनाको निधन

साङ्केतिक तस्वीर

तिलक गुरुङ
स्याङ्जा, स्याङ्जाको वालिङ ११ पेखुमा ढिस्कोले पुरिएर एक जनाको निधन भएको छ भने दुई जना घाईते भएका छन् । ढिस्कोले पुरिएर वालिङ ११ का ३९ बर्षिय दुर्गा थापाको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सोही वडाका ३५ वर्षिय ३५ मुना थापा र ३१ वर्षिय ३१ नारायणी सिंजाली घाईते भएका छन् । उनीहरुको वालिङ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले जानकारी दिनु भएको छ । बालुवा निकाल्ने क्रममा उनीहरुलाई ढिस्कोले पुरेको थियो । घाईते तिन जना मध्ये दुर्गा थापाको उपचारका क्रममा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?