पछिल्लो २४ घण्टामा थप २१ सय २० जनामा कोरोना पोजेटिभ

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।

यता २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । मन्त्रालयका अनुसार शनिबार १२ हजार ९ सय ७८ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ६१ हजार ६६४ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ ।

होम आइसोलेशनमा ११ हजार ५ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेशनमा रहेका छन्। अहिले ४ हजार २७३ जना क्वारेन्टाइनमा रहेका छन् । शनिबार ८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, र डोल्पामा संक्रमितको संख्या शून्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?