कांग्रेसका युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण

काठमाडौ, नेपाली कांग्रेसका युवा नेता, सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण देखिएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।

थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो । उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।

त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गर्नु भएको छ ।
यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्‍जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको थियो ।

१९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो । कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?