पूर्व मन्त्री रानालाई कोरोना पोजेटिभ

पाल्पा, पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद एवं पूर्व मन्त्री दलबहादुर रानालाई कोरोना पोजेटिभ देखिएको छ ।
नेकपाका केन्द्रीय सदस्य रहनु भएका पूर्व मन्त्री रानालाई संक्रमण देखिएको हो । शनिबार सानेपास्थित स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको सांसद रानाका स्वकीय सचिव विश्व गैरेले बताउनु भयो ।

गैरेले कटुवाल खबर संग कुरा गर्दै भन्नुभयो ‘शनिवार स्वाव नमूना दिनु भएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ ।’ सांसद राना अहिले सानेपा स्थित स्टार अस्पतालमा भर्ना हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?