मेरो अबस्था ठिक छ : सांसद राना

पाल्पा, पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद एवं पूर्व मन्त्री दलबहादुर रानाले अाफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिनु भएको छ ।
आईतबार कोरोना पोजेटिभ पुष्टि भए संगै सामाजिक सञ्जाल फेसबुक बाट एक सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य ठिक रहेको बताउनु भएको हो । शनिबार काठमाडौंको सानेपा स्थित स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो ।
रानाले भन्नुु भएको छ, ‘जिल्ला भ्रमण सकेर काठमाडौं फर्केपछि तत्काल इमरजेन्सीमा भर्ना भै पिसिआर टेष्ट गर्दा आज बिहान पोजेटिभ रिपोर्ट आयो । छातीको बिरामी भएकोले मुखमा अक्सिजन माक्स छ एउटा हातमा रेकर्ड लिने मेसिन छ अर्को हातमा इन्जेक्सन दिन लाई सुई गोभेर राखेको छ यस बिचमा दुईसय जति सु-स्वास्थ को कामना गर्दै आएका फोनहरु सबै हेरेको छु । आभार प्रकट गर्न चाहन्छु तर बोल्न असमर्थ भएको ब्यहोरा अनुरोध गर्दै मेरो अबस्था ठिक छ तर दस दिन जति पूर्ण बेड रेस्टमा रहने ब्यहोरा जानकारी गराउन चाहन्छु।’

https://www.facebook.com/772888666168949/posts/2363578460433287/

उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ ।’ सांसद राना अहिले सानेपा स्थित स्टार अस्पताल उपचारत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?