बुटवल, प्रदेश ५ को प्रदेश सभाले मतदान मार्फत प्रदेशको राजधानी टुङगो लगाएको छ । मंगलबार भएको मतदान पछि दाङको राप्ती उपत्यका देउखुरीलाई बहुमतको आधारमा राजधानी छानेको हो । यस संगै प्रदेशको स्थायी राजधानी भालुवाङ कायम भएको छ ।
दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको प्रदेश ५ का सभामुख पूर्णबहादुर घतीले जानकारी दिनुभयो । प्रदेश सभामा ८२ जना प्रदेश सदस्य उपस्थित थिए । दुई तिहाइका लागि ५८ मत आवश्यक रहेकोमा ११ मत बढी प्राप्त भएको थियो ।
प्रदेश ५ मा ८७ प्रदेश सभा रहेका छन् । त्यसमध्ये नेकपाका ६१, नेपाली काग्रेसका १० र अन्य ७ सांसद छन् । मतदान हुनु अद्धि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्विनी र केन्द्र दाङको राप्ती उपत्यकालाई बनाउने प्रस्ताव प्रदेश सभामा निर्णयार्थ पस्तुत गर्नु भएको थियो ।
दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव प्रस्ताव शुक्रबार सांसदमा दर्ता भएको थियो । २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि स्थायी राजधानी तोकेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो ।
संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ । यस्तै प्रदेश राजधानीको लागि प्रस्ताव पेश भए संगै रुपन्देही संगै विभिन्न स्थानमा आन्दोलन चर्किदै आएको छ ।