रामपुर अस्पतालका थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पा, रामपुर अस्पतालमा कार्यरत थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर र ५ जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थप्रसाद ढुङ्गनाले जानकारी दिनुभयो ।

केही दिन अघि रामपुर अस्पतालमा कार्यरत ३० जना भन्दा बढी स्वस्थ्यकर्मी, रामपुर नगरपालिकाका स्वस्थ्यकर्मी, नापी तथा मालपोत कार्यालयका कर्मचारी तथा कन्ट्रयाक ट्रेसिङ्गमा परेका केही स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरिएको थियो । अन्य बाँकीको भने रिपोर्ट आउन बाँकी रहेको छ । रामपुर अस्पतालमा कार्यरत एक स्वस्थ्यकर्मी यस अघि पनि कोरोना देखिएको थियो ।

संक्रमित सबै अस्पतालको आइशोलेसनमा रहेको र अवस्था सामन्य रहेको रामपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक ढुंगानाले बताउनुभयो । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले केही समय अघि एक स्वास्थ्यकर्मीमा पोजेटिभ देखिए पछि स्वास्थ्यकर्मी मध्ये ३० जना भन्दा बढीको स्वाव संकलन गरे पठाई उनीहरुलाई होम आईसोलेसनमा राखिएको बताउनुभयो । अन्य स्वस्थ्यकर्मी बाट इमर्जेन्सी सेवा, प्रसुती सेवा र फार्मेसी सेवा प्रदान गर्दै आईरहेको छ ।

अन्य विरामीलाई हेल्पडेक्स मार्फत सेवा दिदै आएको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले बताउनुभयो । उहाँले स्वाव पठाएका मध्ये रिपोर्ट नेगेटिभ आएका स्वस्थ्यकर्मी बाट सेवा प्रदान गरेर बाँकी कर्मचारीको पनि स्वाव संकलन गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?