तपाईंलाई साथ दिन चाहन्छौँ तर केही त गर्नुस् प्रमज्यू : गगन थापा

काठमाडौ, नेपाली कांग्रेसका नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना भाइरस (कोभिड–१९) संकटबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले अहिले मन्त्रिमण्डल भागबन्डा नभएर संकटको विषयमा छलफल गर्न आफूहरु तयार भएको थापाले बताउनु भएको छ । थापाले बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञको नभएर वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाको कुरा सुन्न आग्रह समेत गर्नु भएको हो । ‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन। अहिले मन्त्रिमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्। बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्’, नेता थापाले भन्नु भएको छ, ‘कोभिड विरुद्धको लडाईंमा तपाईंलाई साथ दिन चाहन्छौँ तर केही त गर्नुस् प्रमज्यू ।’

पूर्वस्वास्थ्यमन्त्री थापाले चार्डपर्वको मुखमा आवागमन बढिरहेको तर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिनु भएको छ । अहिले समस्या भइहाले के गर्ने भन्ने अलमल सबैमा भएको भन्दै कोरोना संक्रमित जटिल हुँदा आइसोलेशन नभएको र उपचारका लागि बेडसम्म नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

नेता थापाले समय, स्रोत र सहयोग सबैको भए पनि प्रधानमन्त्रीकै सोच र शैलीका कारण जटिल अवस्थाको सिर्जना भएको टिप्पणी गर्नु भएको छ । पटकपटक पूर्व तयारीका लागि सुझाव प्रस्तुत गर्दासमेत प्रधानमन्त्रीलाई फुर्सद नभएको बताउनु भएको छ ।

https://www.facebook.com/187872841256636/posts/3500038043373416/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?