पाल्पा अश्विन २३ शुक्रबार . रामपुर नगरपालिका पाल्पामा शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामपुर अस्पताल रामपुर पाल्पाले संकलन गरेको स्वाव परिक्षणका क्रममा आज थप २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा शुक्रबार २७ र विहिबार ६ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्ये बढि रामपुर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी रहेको रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विजय परियारले बताउनुभयो । रामपुर अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मी कर्मचारी मध्ये २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो ।
अस्पतालले स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारी गरी ४४ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेको थियो । जसमध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु हेम आईशोलेसनमा रहेको रामपुर नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थ प्रसाद ढुंगानाले बताउनुभयो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रायमा कोरोना संक्रमण पुष्टि भए पछि अब अति आवश्यक ईमरजेन्सि सेवा बाहेक अन्य सेवा बन्द गर्ने तयारीमा रहेको रामपुर अस्पतालका डाक्टर विजय परियारले जानकारी दिनुभयो । विहिबार सम्म हेल्प डेक्स स्थापना गरी जसो तसो सेवा प्रवहा गरे पनि अब भने अस्पतालबाटै संक्रमण फैलाउन सक्ने खतरा रहेको भन्दै स्वास्थ्यमा उच्च जोखिम भएमा अति आवश्यक सेवा बाहेक अन्य सेवा प्रदान गर्न नसकिने डा परियारले बताउनुभयो । साथै उहाँले अति आवश्यक बाहेक अन्य सेवाका लागी अस्पताल नआउन आग्रह समेत गर्नु भएको छ।
यसै विच रामपुर नगरपालिकामा कोरोना संक्रमण बढ्दै गए पछि रामपुर नगरपालिकाको बैठक बस्दै छ । पछिल्लो केही दिन यता नगरपालिका भित्र संक्रमणको दर बढ्दै गए पछि कोरोना रोकथामका लागी के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक अहिले बसिरहेको छ ।