आकस्मिक बाहेक रामपुर अस्पतालको अन्य सेवा बन्द

पाल्पा, स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिए पछि पाल्पाको रामपुर अस्पतालले आकस्मिक बाहेकको अन्य सेवा बन्द गरेको छ ।                                                                                                                                                                            अस्पतालमा कार्यरत डाक्टर सहित अन्य स्वास्थ्यकर्मी गरि शुक्रबार सम्ममा २८ जनामा कोरोना पुष्टि भए पछि अस्पतालले सेवा बन्द गरेको हो । केही दिन यता अस्पतालले ओपिडी बाहेक अन्य सेवा दिदै आएको थियो । समुदाय स्तरमा संक्रमण देखिए संगै रामपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि शंकास्पद लक्षणहरु देखिन थालेपछि स्वाव संकलन गरेर पठाउँदा २८ जनामा पोजेटिभ देखिएको थियो । स्वाव पठाएका मध्ये अधिकांशको रिपोर्ट पोजेटिभ आए पछि अस्पतालले शुक्रबार एक सुचना निकाल्दै आकस्मिक बाहेकको अन्य सेवा बन्द रहेको जानकारी दिएको हो ।

रामपुर अस्पतालले शुक्रबार जारी गरेको सूचना

अस्पतालले जारी गरेको सुचनामा भनिएको छ, “कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य बाँकी नै रहेको हुँदा यो संख्या अझ बढ् सक्ने अनुमान हामीले गरेका छौं । त्यसैले अस्पताल र समुदाय विच दोहोरो संक्रमण रोक्न कन्ट्रयाक ट्रेसिङ्ग गरि रोग नलागेको स्वास्थ्य कर्मी बाट उपचार सेवा सुचारु गर्ने केही समय लाग्ने भएकाले यस विषयलाई मध्यनजर गर्दै सबैले सहयोग गर्नु हुनेछ । आकस्मिक बाहेकको अन्य सेवा बन्द गरिएको व्यहोरा जानकारी गराउँछौं ।”
रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेेण्ट  डाक्टर   विजय परियारले विहिबार सम्म हेल्प डेक्स स्थापना गरी जसो तसो सेवा प्रवाह गरे पनि अब भने अस्पताल बाटै संक्रमण फैलन सक्ने खतरा रहेकाले स्वास्थ्यमा उच्च जोखिम भएमा अति आवश्यक सेवा बाहेक अन्य सेवा प्रदान गर्न नसकिने बताउनु भयो । साथै उहाँले अति आवश्यक बाहेक अन्य सेवाका लागी अस्पताल नआउन आग्रह समेत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?