तानसेन–बुटवल सडकखण्डका पहिरो हटाउन सुरु

फाईल तस्वीर

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड दैनिक तीन घण्टा बन्द भएको छ । वर्षादका कारण खसेको पहिरो हटाउनका लागि आज (सोमाबर) देखि असोज २९ गते सम्म बिहान ६ बजेदेखि ९ बजे सम्म सवारी आवागमन बन्द गर्न सुरु गरिएको हो ।

सडक खण्डको बर्तुङ देखि चिडियाखोला सम्म विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागी सवारी आवागमन ३ दिन बन्द गरेर काम थालिएकोे सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । सोमबार बिहान राजमार्ग अन्तर्गत तिनाउको अर्घाछाप र गौडेपुलमा पहिरो हटाउने काम भएको छ ।

बिहान ९ बजेपछि भने सवारी आवागमन खुला गरिएको र रोकिएका सवारी गन्तव्य तर्फ लागेको पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो । वर्षाद स‌गै सडक खण्डकाे विभिन्न ठाउँमा पहिराे खस्ने तथा भासिने भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?