स्याङ्जा, समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिपछि स्याङ्जाको चापाकोट नगरपालिकाले अत्यावश्य बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । मंगलबार १४ जनामा कोरोना पोजेटिभ देखिए संगै जोखिम न्यूनिकरण गर्नका लागि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म अत्यावश्य बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो ।
नगरपालिकाले संक्रमणबाट बच्न उच्च सुरक्षा सावधानी अपनाउँदै चापाकोट नगरपालिका अन्र्तगत बजारक्षेत्रका अत्यावश्यक (खाद्यान्न, औषधि पसल, फलफूल तथा तरकारी पसल) बाहेक अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि पूर्ण रुपमा वन्द गर्न, आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र उच्च सतकर्ता अपनाउन सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेको छ । नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयबाट हुने स्वास्थ्य सेवा सम्बन्धी काम बाहेक अन्य सबै सेवाहरु पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।
चापाकोट नगरपालिकामा असोज २४ गते ३९ जनाको स्वाव संकलन गरिएकोमा ४ महिला र १० पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको थियो । संक्रमित सबैलाई भिरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पताल हेलुमा रहेको आईसोलेसनमा लैजाने तयार भईरहेको चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाले जानकारी दिनुभयो ।
संक्रमितको प्रत्यक्ष सम्र्पकमा रहेका मध्ये लक्ष्यण देखिएका व्यक्तिहरुको स्वाव संकलन भोलि बुधबार बिहान ७ बजे देखि नगरपालिकाको कार्यालय परिसरमा गर्ने तयारी भईरहेको बताउनुभयो । कोराना संक्रमण जनप्रतिनिधि, कर्मचारी र स्थानीयस्तरमा देखापरेको हुँदा समुदायमा थप फैलन सक्ने उच्च जोखिम रहेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।