डा. बुद्धिमान श्रेष्ठ र मेलिना राईको आवाजमा ‘बैगुनी – २’ सार्वजनिक

पाल्पा, ‘बैगुनी’ एल्बमको अपार सफलता संगै डाक्टर बुद्धिमान श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा पुन ‘बैगुनी-२’ एल्बम सार्वजनिक भएको छ ।
वरिष्ठ दन्त विशेषज्ञ तथा समाजसेवी एवं गायक डाक्टर श्रेष्ठ र गायिका राईको सुमधुर स्वरमा सजिएको गितमा शब्द संगित संगितकार तथा लेखक बादल घिमिरेले भर्नु भएको छ । गत फागुनको तेस्रो साता सार्वजनिक भएको  ‘रेलले तान्यो र   बैगुनी छौ भन्ने कस्ले जान्यो र’ दर्शक तथा स्रोताको अत्याधिक मन जित्न सफल भएको थियो ।
संगितकार घिमिरेले अाफ्नै युट्युव च्यानल मार्फत ‘सितल छाँयालाई, भुल्नकहाँ सक्छु र बैगुनी हितको मायालाई’ बोलको, बैगुनी-२ बुधबार सार्वजनिक गरेका हुन् । गितको म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्य (मुन्नी)को मुख्य अभिनय रहेको छ । साथमा कमलमणि नेपाल राम भजन कामतको पनि अभिनय रहेको छ । साथै बाल कलाकारमा उजेश राज न्यौपाने र अकेशा पोख्रेलको पनि अभिनय हेर्न सकिन्छ । बादल घिमिरेको शब्द र सङ्गीत रहेको गितको भिडियो छायाङ्कन उत्सव दाहालले गरेका हुन्

यो म्यूजिक भिडियोलाई विकास ज्ञवालीले इडिट गरेका छन् भने कृष्णले एरेन्ज र सुरेन्द्र बसेलले कोरोयोग्राफ गरेका छन् । म्यूजिक भिडियोलाई चर्चित भिडियो निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?