पाल्पा, पाल्पामा शुक्रबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाका ८ जना, तिनाउ गाउँपालिकाका ३ जना र रिब्दीकोटका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस संगै जिल्लामा कोरोना सङ्क्रमित हुनेको संख्या ८ सय ९४पुगेको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार शुक्रबार पोजेटिभ देखिएका मध्ये ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यता पाल्पामा पछिल्लो २४ घण्टामा जिल्लाका ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । माथागढी गाउँपालिकाका २ जना, रामaपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित कोरोना मुक्त भएका हुन् ।
यो सँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ सय ५० पुगेको छ । अहिलेसम्म माथागढी गाउँपालिकामा ४०, रामपुर नगरपालिकामा १ सय ३३, पूर्वखोला गाउँपालिकामा १ सय ६३, रैनादेवी छहरामा ५०,रम्भा गाउँपालिकामा ६६, बगनासकाली गाउँपालिकामा ५४, तिनाउ गाउँपालिकामा ३५, रिब्दीकोट गाउँपालिकामा २६, निस्दी गाउँपालिकामा ९९, तानसेन नगरपालिकामा ५३ र जिल्लामा विभिन्न अस्पतालमा उपचारमा रहेका ३१ जना कोरोना संक्रमित निको भएका हुन् ।
जिल्लामा अहिलेसम्म १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । अहिलेसम्म २ सय ५७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।