पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाले सामुदायिक वन अधिकार विषयक छलफल तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले कोरोना महामारीलाई मध्यनजर गर्दै जुम मार्फत भर्चुअल कार्यक्रम गरी वडा दशैं, शुभदिपावली तथा छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गरेको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक वनलाई अहिलेको अवस्था सम्म ल्याउन सामुदायिक वनका उपभोक्ताहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सामुदायिक वनले प्राप्त गरेको स्वयत्त अधिकार प्रयोग गर्न पाउनु पर्ने बताउँदै स्थानिय, प्रदेश रसंघले थप अधिकार प्रदान गर्नुको सत्ता अंकुश लगाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले चाहेमा जसरी पनि जवजस्त कानुन लाड्ने र नाई भने उपभोक्ता माथि नै मुद्दा चलाउने प्रयत्न भैरहेको छ । यसका विरुद्धमा महासंघ विगत देखि नै लाग्दै आईरहेको छ ।’ साथै पाठकले स्थानीय सरकार संग समन्वय गरेर अघि बढ्न स्थानिय महासंघका पदाधिकारीहरुलाई आग्रह समेत गर्नुभयो ।
भर्चुअल कार्यक्रममा नयाँ ऐनको बारेमा बताउँदै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीले महासंघले प्राप्त गरेका उपलब्धिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अहिलेको वन नीति सामुदायिक वनको अनुकुल आएको बताउनुभयो । सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सहकारी ऐन २०७४ अनुसार सामुदायिक वनले सहकारी मार्फत उपभोक्ताको लागि आय आर्जनका कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै पाल्पालाई देश कै नमुना वन सहकारीको माध्यम मार्फत चिनाउनका लागि लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका प्रदेश सदस्य कल्पना भण्डारी, विन्दु श्रेष्ठ, जिल्ला सदस्य तिरण कुमारी श्रेष्ठ, सामुदायिक वन उपभोक्त महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका पूर्व अध्यक्ष मीन प्रसाद न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगरका अध्यक्ष मित्रा ढकाल, कोषध्यक्ष विष्णु गैरे, अंधेरी छर्छरे सामुदायिक वन मदनपोखराका अध्यक्ष सुरेश भट्टराई, देउराली सामुदायिक वन रामपुर देउरालीका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार इमान सिं राना, अनु खनाल, जमुना पाण्डे, रमा भण्डारी लगाएतले आफ्नो भनाई राखेका थिए ।
सामुदायिक वन उपभोक्त महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष निरञ्जन भुसालको अध्यक्षतामा भएको कार्यक्रम कोषध्यक्ष लक्ष्मी ज्ञावलीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्त महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका महासचिव उमा विसीले गर्नु भएको हो ।