बस र टिप्पर ठोक्किँदा ८ जना घाईते

पाल्पा, सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तानसेन ७ बाँसटारीमा विहिबार बस र टिप्पर ठोक्किँदा ८ जना घाईते भएका छन् ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिप्परले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९९८२ नम्बरको यात्रुवहाक बसलाई ठक्कर दिदा बसमा सवार यात्रु घाईते भएका हुन् । अपरान्ह ४ः १० बजे भएको दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका २ बस्ने ४५ वर्षीय केशव भट्टराई, रिब्दिकोट १ बस्ने २३ वर्षीय सालिकराम बि.क., सोही स्थानका चन्द्र बहादुर सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका ३ बस्ने १६ वर्षीय पूजा सुनार, पाल्पा पूर्वखोला ३ बस्ने ३२ वर्षीय हिरादेवी राना, रिब्दिकोट ४ बस्ने ३४ वर्षीय शेर बहादुर थापा, रुपन्देही तिलोत्तमा ३ बस्ने ७१ वर्षीय दुर्पता गैरे र नवलपरासी अस्नैया गणेशबस्ति बस्ने ६ वर्षीय युगेश घर्ति रहेको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीका ले दिएको जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?