आईतबार पाल्पाका थप ४ जनामा कोरोना संक्रमण

पाल्पा, पाल्पामा आईतबार थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये तानसेन नगरपालिका भित्रका २ र पूर्वखोला गाउँपालिका भित्रका २ जना रहेका छन् । यस संगै पाल्पामा कुल संक्रमितको संख्या १ हजार १ सय ६० पुगेको छ भने कोरोना निको हुनेको संख्या ९ सय २७ पुगेको छ । पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कुल सक्रिय संक्रमितको संख्या २ सय २३ रहेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेका छन् । अहिलेसम्म पाल्पामा ४ सय ५० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये ६१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?