जुनतारा समाज निस्दी ५ गल्धाले मंगलबार जापानीज नागरिक काजुमासा काकीमी (ओके बाजे) लाई सम्मान गरेको छ ।
ओके बाजेले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा सामाजिक क्षेत्रमा गर्नु भएको सहयोगको उच्च कदर गर्दै समाजले मंगलबार सम्मान गरेको हो । बाजेलाई मायाँको चिनो, प्रशंसा पत्र र जुनतारा समाजको प्रतिवद्धता दस्तावेज हस्तान्तरण गर्दै दोसला ओढाएर सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै जापानीज नागरिक काजुमासा काकीमी ओके बाजेले गाउँमा स्थानियहरुले आफु प्रति सदा देखाउँदै आएको सद्भावले थप उत्साह जगाएको बताउनु भयो । उहाँले जुनतारा समाजले आफ्नो गाउँको विकासको लागि खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
क्लवका अध्यक्ष तिल बहादुर बाह्रघरेले बाजेले गर्नु भएको विस्वासलाई कहिल्यै डगमगाउन नदिने बताउनु भयो । कार्यक्रममा समाजसेवी धन बहादुर खण्डलुकले गाउँका जनतालाई दुखमा होस् या सुखमा बाजेले गर्दै आउनु भएको सहयोगले धेरैलाई राहत मिलेको बताउनु भयो । पिपलभञ्ज्याङ्गमा भएको सम्मान कार्यक्रम जुनतारा समाजका अध्यक्ष तिल बहादुर बाह्रघरेको अध्यक्षता, सचिव शेर बहादुर गाहाको स्वागत र सदस्य लेख बहादुर बाह्रघरेको सञ्चालनमा भएको हो ।