पाल्पा, पाल्पामा गएराति थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामपुर ५ कि ५४ वर्षिय महिलाको गएराती १२ बजेर ५० मिनेटमा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
उनको गत कार्तिक १९ गते स्वाव लिएकोमा २० गते रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । होम आईसोलेशनमा रहेकी उनलाई विहिबार स्वास्थ्यमा समस्या देखिए पछि लुम्बिनी मेडिकल कलेज लगिएको थियो । उनी सुगर र उच्च रक्तचापका विरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनु भयो । यस संगै कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । रामपुर नगरपालिकामा यस अघि एक पुरुषको पनि निधन भएको थियो ।