सपना रोका मगर विश्वका सय प्रेरणादायी महिलाको सूचीमा


काठमाडौं, बिबिसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि पर्नु भएको छ । बेवारिसे शव व्यवस्थापनमा खट्दै आउनु भएको १९ वर्षिय सपना बिबिसीले सय महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना पर्नुभएको हो ।

म्याग्दीकी सपनाले बेवारिसे शवको व्यवस्थापन गर्दै आउनु भएको छ । उहाँले अहिलेसम्म करिब तीन सय बेवारिसे शवको व्यवस्थापन गरिसक्नु भएको छ । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आउनु भएको छ ।

बीबीसीले सन २०१३ देखि प्रत्येक वर्ष #BBC100Women कार्यक्रम अन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्दै आएको छ । यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ । विविसि संग कुराकानी गर्दै सपनाले भन्नु भएको छ “यसबाट मैले थप प्रोत्साहन पाएकी छु । अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?