गण्डकी ढिकमा ट्याङ्कर पल्टियो

प्रकाश ज्ञावली
पाल्पा, रामपुर नगरपालिका ३ गण्डकी ढिकको जाल्पेमा बुधबार विहान ट्याङ्कर पल्टिएको छ । निर्माणाधिन कालीगण्डकी करिडोरका लागि भैरहवा बाट रामपुर २ को भलायटार डिपो तर्फ जाँदै गरेको ना २ ख ७३२० नम्बरको ट्याङकर पल्टिएको हो ।

केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खडानन्द भुसालका अनुसार विहान ४ बजे ट्याङ्करको पाईरड फुस्किएर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानविय क्षति भने भएन । गुडिरहेको अवस्थामा टाईरड फुस्किए पछि अनियन्त्रित भए नालीमा जाँदा पल्टिएको हो । ट्याङकरमा १२ हजार लिटर डिजेल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?