कांग्रेस वालिङ ५ ले गर्यो चियापान तथा कार्यकर्ता भेटघाट

तिलक गुरुङ
स्याङ्जा(वालिङ) नेपाली कांग्रेस नगर वडा कार्य समिति वालिङ ५ स्याङ्जाले चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेतृत्व र कार्यकर्ता विचको सम्बन्धलाई थप सुमधुर बनाउन वालिङ ५ जरकोटमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले पार्टी भित्रको गुटबन्दी कायम रहेमा आउँदो चुनावमा ठुलो क्षति बेहोर्नु पन्ने बताउनुभयो । उहाँले उक्त क्षति बाट बचाउन गुट उप-गुटलाई त्यागेर संगठनलाई सुढृद र चलाएमान बनाउनुको विकल्प नभएको बताउनुभयो ।

यस्तै कार्यक्रममा क्षेत्रीय सभापती देव बहादुर खाँण ईश्वर, क्षेत्रीय सभापती अर्जुन प्रकाश अर्याल, वालिङ् नगरपालिकाका नगर प्रमुख दिलिप प्रताव खाँण, उप प्रमुख कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सदस्य पृथ्वी पोख्रेल, वालिङ नगर कार्य पालिका सदस्य जमुना के सी, युवा तरुणहरु जित बहादुर नेपाली, गुमान गुरुङ, बिजय थापा, रमेश लामिछाने लगायतले संगठन सुढृदिकरण, आगामी रणनिती, वर्तमान गतिविधीमा सुधार गर्नु पर्ने विषयमा फ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा नेपाली कांग्रेस वडा कार्यसमितिले सञ्चालनमा ल्याएको राहात कोष मार्फत सहयोग गर्न शुभारम्भ गरिएको छ । अति विपन्न तथा नेपाल सरकार द्वारा सुचिकृत बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषबाट चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रमका विच सहयोग गर्न सुरु गरिएको हो ।
जस अन्तर्गत समितिले कोष मार्फत मेरुदण्ड भाँचिएका वालिङ ५ झर्लाङ्दिका १२ वर्षिय फुल चन्द्र रेग्मी र ब्लड क्यान्सर पिडित वालिङ ५ बडहरेका १० वर्षिय प्रतीक खड्कालाई उपचारका लागि जनही १६ हजार ५ सय रुपैयाँ संगै एक लाख बराबरको स्वास्थ्य बिमाको लागि चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रम नेपाली कांग्रेस नगर वडा कार्य समिति वालिङका सभापति ढाकाराम पंगेनीको सभापतित्व, उपसभापति पुर्ण बहादुर बस्नेतको स्वागत र सचिव तिलक बहादुर गुरुङको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?