पाल्पा, पाल्पामा विहिबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका ६ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका ३ जना र माथागढी, तिनाउ, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका १/१ जनामा गरि १२ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, नेशनल प्याथ ल्याब बुटवल, लुम्बिनी मेडिकल कलेजको प्रयोगशाला र पाल्पा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा ५० जनाको पीसीआर परीक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ । पाल्पामा संक्रमितमध्ये १ हजार ३७१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या २ सय १६ रहेको छ । पाल्पामा हालसम्म कोरोना संक्रमणबाट २३ जनाको निधन भएको छ ।