नेपाली काँग्रेस बिरुवा-५, द्वारा ज्येष्ठ नागरिक सम्मानित

पाल्पा, नेपाली काँग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका वडा नं.- ५ किचनास स्याङ्जाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यसमितिले समाजमा जेष्ठ नागरिकहरुले दिनु भएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।

       कार्यक्रममा वडाभरीका ७५ बर्ष कटिसक्नुभएका ६५ जना ज्येष्ठ नागरिकहरूलाई दोसला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले ओली सरकार जनताका समस्याहरूलाई लथालिङ्ग  छाेडेर भ्रष्टाचार र आन्तरिक द्वन्द्वकाे भुमरीमा फसेकाे बताउनुभयाे । गण्डकी प्रदेशका  सांसद भागवतप्रकाश मल्लले नेपाली काँग्रेस अग्रजहरूकाे सम्मान गर्ने पार्टी भएकाे भन्दै देशले फेरी पनि काँग्रेसकाे नेतृत्व खाेजेकाे र अग्रजहरूकाे आशिर्वादले मात्र याे सम्भव हुने बताउनु भयाे । कार्यक्रममा भिरकाेट नगरपालिकाका उपप्रमुख सीमा के.सी.कर्माचार्य, काँग्रेस स्याङ्जाका जिल्ला सदस्य पृथ्वीप्रसाद पाेखरेल, काँग्रेस बिरुवा गाउँपालिकाका सभापति युवराज के.सी., तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के.सी., नेबिसंघ स्याङ्जा-१,का सभापति विज्ञान भण्डारी, ओमनाथ शर्मा लगायतले बाेल्नुभएकाे थियाे।

     नेपाली कांग्रेस बिरुवा-५,का सभापति नवराज वाग्लेकाे सभापतित्वमा भएको कार्यक्रम वडा उपसभापति युवराज पाेख्रेलकाे स्वागत र सुशील वाग्लेकाे सञ्चालन भएको थियो । पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत अन्य पार्टी परित्याग गरि २५ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?