पाल्पा, रामपुर नगरपालिका ४ फूलबारी पाल्पाका क्यान्सर पिडित महिला ज्योति रानाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । ४ वर्ष अघि स्तन क्यान्सरको अप्रेसन गराएकी ४१ वर्षिय रानाको पुन व्याथा दोहोरिए पछि उपचारमा आर्थिक अभाव खड्किएको समाचार प्रसारण तथा प्रकाशन भए संगै सहयोग जुट्न थालेको हो ।
रानालाई अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा रहेका नेपालीहरुले पनि सहयोग गरेका छन् । नेपाली साझा समाज फिलाडेल्फियाका प्रवासी नेपालीहरुले २ लाख ५० हजार रकम सहयोग गरेका हुन् । समाजका सदस्य रामपुर नगरपालिका ४ का राम रानाको सक्रियातामा ३३ जना नेपालीहरु बाट प्राप्त सहयोग शुक्रबार क्यान्सर पिडित रानालाई हस्तान्तरण गरिएको छ ।
रानाको निवास फूलबारी पुगेर एक कार्यक्रमका विच रकम हस्तान्तरण गरिएको हो । पिडित रानालाई समाजसेवी क्याप्टेन रोमन बहादुर राना, नर बहादुर राना, तिलक मल्ल, नेपाली कांग्रेस रामपुर ४ का उपसभापति विष्णु जिसी, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
अमेरिकामा रहनुभएका राम रानाका अनुसार अाफु सहित अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा रहनुभएका प्रबासी नेपालीहरुको संस्था नेपाली साझा समाजमा अावद्ध निरुस्का रेग्मी, धन बहादुर खड्का, गौचन बुढामगर, रुद्र रेग्मी, महेन्द्र बानिया, अर्जुन थापा, विनोद बुढा मगर, राधाकृष्ण श्रेष्ठ, गंगालक्ष्मी कोइराला, सन्जोग श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, हेमन्त सेन, सुदर्शन भट्टराई, टासी वाङ्गेल, सन्तोष गुरुङ्ग, महेन पुन, निमा पुन , गणेश डङगेाल , जोडे बुढामगर , जीवन गुरुङ्ग , नारायण अधिकारी , निरज श्रेष्ठ ,निर्मल श्रेष्ठ , शक्ति ठाङ्गावेल , बिदुर खड्का , आशन श्रेष्ठ , राजकुमार थापा , दिपेन बुढामगर , अर्जुन क्षेत्री , पुष्पराज रेग्मी , निलम राना र गायत्री सिग्देल गरि ३३ जना नेपालीहरु बाट २ हजार १ सय ५० रुपैया डलर संकलन भएको थियो । उहाँले सञ्चार माध्यममा बाट खबर प्राप्त भएपछि साथीभाईलाई सहयोगको अाग्रह गरेको बताउनुभयो ।
रकम हस्तान्तरण गर्दै समाजसेवी क्याप्टेन रोमन बहादुर रानाले जनताको उपचार गर्ने कर्तव्य सरकारको भए पनि अहिले उपचार नै रोकिएको अवस्थामा प्रवासी नेपालीहरुले देखाएको सद्भाव निकै सह्रानीय रहेको बताउनुभयो । उहाँले समस्या कस्लाई कतिबेला पर्छ भन्ने निश्चित नहुने भन्दै परेको बेलामा सबैले सकेको सहयोग गर्नु नै मानविय धर्म रहेको बताउनुभयो । साथै उहाँले राना परिवारको पिडामा सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।
समाजसेवी नर बहादुर रानाले आफन्त तथा शुभेच्छुकहरु साथमा रहेकाले आत्मबललाई बलियो बनाउन आग्रह गर्नुभयो । नेपाली कांग्रेस नगर वडा कार्यसमिति रामपुर ४ का उपसभापति विष्णु जिसीले रानाको शिघ्रस्वास्थ्य लाभको कामना गर्नुभयो । पिडित रानाका श्रीमान जोग बहादुर रानाले सहयोगी दाताहरुलाई धन्यवाद दिदैं अब उपचारलाई अघि बढाउने बताउनुभयो ।
समाजसेवी नर बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार इमान सिं रानाले गर्नु भएको थियो । यस्तै शुक्रबार पिडित रानालाई आफन्तजनहरुले पनि रकम संकलन गरी सहयोग गरेका छन् । आफन्तजनहरुको तर्फ बाट सोही कार्यक्रमका विच २४ हजार ७ सय ५ रुपैयाँ बुझाएको हो । त्यस्तै नेपाली कांग्रेस रामपुर नगर वडा कार्य समिति वडा नं. ४ ले पनि नगद १० हजार हस्तान्तरण गरेको छ । वडा उपसभापति विष्णु जिसीले रकम हस्तान्तरण गर्नु भएको हो । शुक्रबार २ लाख ८४ हजार७ सय ५ रुपैयाँ सहयोग संकलन भएको छ ।
यस्तै यस अघि रामपुर ४ का अमृत रानाले १९ हजार ८ सय र अन्य व्यक्तिहरु बाट गरी ४९ हजार ६ सय ५५ संकलन भएको थियो ।