पाल्पा, पाल्पामा कोरोना बाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । आइतबार थप एक जना कोरोना सङ्क्रमितको निधन भए संगै संख्या २९ पुगेको हो ।
सङ्क्रमणबाट तानसेन नगरपालिका –१३ की ६६ वर्षीय महिलाको मृत्यु भएको हो । मङ्सिर २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको उनको आइतबार दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको र उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।