पाल्पामा विहिबार थप ६ जनामा कोरोना पुष्टि, २० जनाले कोरोना जित्यो

पाल्पा, पाल्पामा विहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १ जना, रामपुर नगरपालिका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र रम्भाका १ जना गरी ४ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो ।

यस संगै जिल्लामा कोरोना संक्रमीत हुनेको संख्या एक हजार ७ सय ३८ जना पुगेको छ । जस मध्ये कोरोना बाट २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय १२ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा अहिलेसम्म ५ सय ४७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यता बिहिबार थप २० जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ८ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै रामपुरका २ जना, रैनादेवी छहराका १ जना, रम्भाका २ जना, बगनासकालीका १ जना, तिनाउका १ जना, रिब्दीकोटका ३ र निस्दीका २ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार पाँच सय ९७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?