नेपाली काँग्रेस पाल्पाको कार्यालयमा चोरीको प्रयास


पाल्पा – नेपाली काँग्रेस पाल्पाको कार्यालयमा चोरीको प्रयास भएको छ । गएराती पाटी कार्यालयको ताला फोरेर चोरीको प्रयास भएको छ ।

तानसेनको बडिज्ञानटोलमा रहेको नेपाली कांग्रेस पाटी कार्यालयको मुल ढोकाको ताल फोरेर दोस्रो तलामा रहेको ट्रेड युनियनका अध्यक्षको ¥याक, र तेस्रो तलामा रहेका ३ वटा ¥याक सहित एउटा दराज फोरिएको छ ।

चोरीको प्रयास गर्दा करिब १ लाख रुपैयाँ बराबरको सामानको क्षति भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । पार्टिको क्रियाशिल सदस्यताको रकम संकलन भएको र सोही रकम चोर्ने उद्देश्यले ताला फोरेको हुन सक्ने सचिव गहिरेले बताउनुभयो । तर संकलित रकम भने बैंकमा जम्मा गरि सकेकोले सुरक्षित रहेको उहाँले बताउनुभयो ।

नगद चोरी गर्ने उद्देश्यले ताला फोरेर अन्य सामान तोडफोड गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घट*नाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?