राष्ट्रपतिद्धारा संसद विघटन , प्रतिनिधि सभाको चुनाव आगामी बैशाख १७ र २७ गते


काठमाण्डाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जनाएको छ ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले सिफारिस गर्नु भएको विघटनको प्रस्तावलाई राष्ट्रपतिले स्विकृत गरे पछि संसद विघटन भएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यता बमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न देशको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली नागरिक समक्ष जान मिति २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्रतिनिधि सभाको चुनाव आगामी बैशाखमा २ चरणमा गर्ने मिति तोकेको छ । संसद विघटन संगै प्रतिनिधि सभाको चुनाव २०७८ बैशाख १७ र २७ गते गर्ने भएको छ ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।
प्रधानमन्त्री केपि ओलीको यो निर्णयर संसद विघटन सँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ । संसद विघटन भए संगै काठमाण्डौमा विरोध प्रदर्शन गरिएको छ । प्रधानमन्त्रि ओलीको यो कदम असंवैधानिक , अलोकतान्त्रिक र निरंकुश भएको भन्दै नेकपा सम्बद्ध विभिन्न संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?