अगाहखोला पाल्पामा टिप्पर दुर्घटना हुँदा २ जना घा*ईते

पाल्पा – रम्भा गाँउपालिका वडा नं. ३ अगाहखोला पाल्पामा टिप्पर दु*र्घटना हुँदा २ जना घा*ईते भएका छन् ।
बुटवलबाट सिमेन्ट लिएर स्याङ्जा तर्फ जाँदै गरेको टिप्पर आईतबार दिँउसो करिब ११.१५ बजेको समयमा दुर्घट*ना भएके हो । बा ५ ख ९१५३ नम्बरको टिप्पर सडक देखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घ*टनामा गल्याङ नगरपालिका वडा नं. २ बस्ने १६ बर्षका सुनिल सुनार र सोही स्थानका ४० बर्षिय ज्ञान बहादुर विक घाईते भएका हुन् । घाईते दुवैको लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको छ । घाईते मध्ये ज्ञान बहादुर विकको अवस्था गम्भिर रहेको छ ।
टिप्पर चालक भने सकुसल रहेको र प्रहरीले नियन्त्रणमा लिई दुर्घ*टना सम्बन्धि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?