ढुङ्गानाबेसीमा एक पुरुष मृत अवस्थामा फेला


पाल्पा, निस्दी गाउँपालिका ५ ढुङ्गानाबेसी एक पुरुष कुलोमा मृत अवस्थामा फेला परेका छन् । सोही स्थानका ४२ वर्षिय कृष्ण बहादुर सोती लघुजलविद्युत संगै सिंचाईको लागि सञ्चालनमा रहेका कुलोमा मृत भेटिएका हुन ।

साँझपख खेतमा पानी लगाउन गएका उनी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । कुलोमा डुबेका उनलाई बग्दै आएको अवस्थामा स्थानीयहरुले ढुङ्गनाबेसी बजारमा नजिक देखेका थिए । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?