पोखरामा सवारी दुर्घटना हुँदा पैदल यात्री सहित २ जनाको निधन


स्याङ्जा, सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिमाली टोलमा शुक्रबार बेलुका ७ः३० बजे भएको सवारी दुघर्टनामा परी मोटरसाइकल चालक स्याङ्जाको वालिङ् नगरपालिका वडा नं ५ पाडेथोकका २१ वर्षीय थमन बहादुर गुरुङ (दिवान) र पुतलीबजार नगरपालिकाका ४ वर्षीय आरुस अधिकारीको मृत्यु भएको हो । ग ८ प ४९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पैदल यात्री ४ बर्षिया बालकलाई ठक्कर दिन पुगेको थियो । वालिङ नगरपालिका वडा नं ९ भूम्रेका सुनिल एस्के, पुतलीबजार नगरपालिका वडा नं ४ की २५ वर्षीय अप्सरा अधिकारी र मोटरसाइकल पछाडि सवार पोखराकी २३ वर्षीय बर्षिया शसी गुरुङ घाईते भएका छन् ।

आरुस अप्सराको छोरा हुन् । दुर्घटनामा घाईते भएका ४ वर्षीय अधिकारीको उपचारको क्रममा राति १ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार २३ वर्षिय शसी गुरुङको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाईते अप्सरा अधिकारी र सुनिल एस्केको नमस्ते अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । मृतक गुरुङ र अधिकारीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?